माराकेच फिल्म फेस्टिभलमा बलिउड अभिनेत्री प्रियंका चोपडा सम्मानित भएकी छिन् । मोरक्को स्थित जेमा एल फना स्क्वायरमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो । योसँगै उनी माराकेच फिल्म फेस्टिभलमा सम्मानित हुने पहिलो भारतीय कलाकार बनेकी छिन् । उनले करिब २० वर्ष अघि सुरु भएको आफ्नो अभिनयको करियरमा यो उपलब्धि हात पार्नु निकै खुसीको कुरा भएको र सबैलाई मायाको लागी धन्यवाद भनेकी छिन् । योसँगै उनले अर्को एक अवार्ड पनि हात पारेकी छिन् । 'युनिसेफ स्नो फ्लेक बल' मा डैनी काये ह्यूमैनिटेरियन अवार्ड पनि हात पारेकी छिन् । उनको सफलतामा खुसी व्यक्त गर्दै उनका पति निक जोहन्सले आफूलाई हरेक दिन उत्साह थप्ने मान्छे साथमा हुँदा निकै खुसी महसुस भएको लेखेका छन् ।