बलिउडका मिस्टर पर्फेकसनिस्ट अमिर खानको नयाँ लुक्स सार्वजनिक भएको छ । टोपी, लामो दारी र कपालसहितको उनको यस स्वरूप निर्माणाधीन चलचित्र 'लाल सिंह चड्ढा' मा देखिनेछ । 'लाल सिंह चड्ढा'को सेटबाट उनको यो नयाँ लुक्स सार्वजनिक भएको हो । केही साता अघि मात्र आमिरले फिल्म 'लाल सिंह चड्ढा'को सेटबाटै पहिलो लुक्स सेयर गरेका थिए । आमिरले सेयर गरेको तस्बिर र अहिले सार्वजनिक तस्बिरमा उनी फरक फरक लुक्समा देखिएका छन् । यसअघि उनले आफ्नो 'सरदार लुक्स' सार्वजनिक गरेका थिए। जसलाई उनको फ्यानहरूले निकै रुचाएका थिए । 'लाल सिंह चड्ढा' हलिउड चलचित्र 'फरेस्ट गम्प'को आधिकारिक हिन्दी रिमेक हो । यसमा जीवनमा सफलता पाउन दिमागी हालत ठिक हुनै पर्ने छैन भन्ने देखाइएको छ । 'फरेस्ट गम्प'का प्रमुख पात्र टोम हैक्स लगातार दुई बेस्ट एक्टर र ओस्कर अर्वाडबाट सम्मानित भएका थिए । हिन्दी रिमेकमा आमिर खान टोम हैंक्सको भूमिकामा देखा पर्ने छन् । आमिर अभिनीत पछिल्लो चलचित्र 'ठग्स अफ हिन्दुस्तान' फ्लप भएपछि उनी कुनै चलचित्रमा देखिएका थिएनन्।