बलिउड चलचित्र 'दबंग' सिरिज को तेस्रो चलचित्रले रिलिज हुने अगावै १५५ करोड कमाइ गरेको छ । सलमानको प्रतीक्षित यस चलचित्रको 'अमेजन प्राइम' लाई अनलाइन स्ट्रीमिंग, 'टी सिरिज' लाई म्युजिक तथा 'जी'लाई सैटेलाइट्स राइट्स बिक्री गरिएको छ । 'दबंग ३'को डिजिटल राइट्स 'ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियो'मा ६० करोडमा बिक्री भएको छ । साथै सैटेलाइट राइट्स ८० करोडमा बिक्री भएको हो । यसका अलावा टी सिरिज ले १५ करोडमा चलचित्रको म्युजिक राइट्स खरिद गरेकी छ । यही डिसेम्बर २० मा रिलिज हुने चलचित्रमा सलमान खानकाअलावा साइ माजरेकर, किच्चा सुदीप, सोनाक्षी सिन्हा मुख्य भूमिकामा रहेका छन् । प्रभुदेवा निर्देशित 'दबंग ३' सिरिज कै सबैभन्दा धमाकेदार हुने निर्देशक देवाले बताएका छन् । यसलाई सलमान खान, अरबाज खान र निखिल द्विवेदीले निर्माण गरेका हुन् ।