भारतका चर्चित कमेडियन कपिल शर्मालाई पुत्री लाभ भएको छ । मङ्गलवार बिहानै उनकी श्रीमती गिन्नी चतरथले छोरीलाई जन्म दिएकी हुन् । मङ्गलवार बिहान साँढे तीन बजे छोरीको जन्म भएको उनले ट्विटरमा उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘छोरीको जन्मपछि आफूलाई भाग्यमानी महसुस गरिरहेको छु । तपाईँहरूको आशीर्वादको खाँचो छ । सबै जनालाई माया । जय माता दी ।’ यति बेला कपिल आफ्नी श्रीमती र छोरीको हेरचाह र उनीहरूसँग समय बिताउन छुट्टीमा रहेका छन् ।