बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीकी २६ वर्षीय बहिनी सायमा तमशी सिद्दीकीको निधन भएको छ । विगत आठ वर्षदेखि क्यान्सरबाट पीडित उनको गत शनिवार निधन भएको भारतीय मिडियाले लेखेका छन् । निधनबारे नवाजुद्दीनकै परिवारले जानकारी दिएको एनडिटिभीले लेखेको छ । सायमाको अन्तिम संस्कार आइतबार उत्तर प्रदेशको बुढानामा गरिएको थियो । सायमाको निधन भएका बेला नवाजुद्दीन अमेरिकामा सुटिङ गरिरहेका थिए । वाजुद्दीनले गत वर्ष अक्टोबरमा आफ्नी बहिनी सायमाको २५ ‍‍‍‍औ‍ं जन्मदिनको बधाई दिँदै गरेको ट्विटमा उनको रोगको बारेमा पनि सार्वजनिक गरेका थिए । १८ वर्ष देखिनै एडभान्स स्टेजको स्तन क्यान्सरले पीडित उनी आफ्नो ऊर्जा र उत्साहका कारण आज पनि खडा छिन् । बहिनी २५ वर्षकी भइन्, र अहिले पनि सङ्घर्ष गरिरहेकी छन्, लेखेका थिए ।