रणवीर सिंह स्टारर चलचित्र 'जयशभाई जोरदार' आगामी वर्ष प्रदर्शनमा आउने उनको प्रतीक्षित चलचित्र हो । यस चलचित्रमा रणवीरले तेलुगु अभिनेत्री शालिनी पाण्डेसँग स्क्रिन सेयर गर्ने पक्का भएको छ । शालिनीको यो पहिलो बलिउड चलचित्र हो । उनले चलचित्र ‘अर्जुन रेड्डी’मा काम गरेकी थिइन् । जुन चलचित्र 'कबिर सिंह'को ओरिजिनल भर्सन हो । केही दिन अघि रणवीरको पहिलो लुक सार्वजनिक भएको थियो जसमा उनी गुजराती पुरुष बनेका छन् । चलचित्र दिव्यांग ठक्करको निर्देशनमा बन्ने छ ।