शशाङ्क खेतानले निर्माण गर्ने चलचित्र ‘मिस्टर लेले’मार्फत फेरी एक पटक नायक वरुण धवन र शशाङ्कको सहकार्य हुने भएको छ । वरुणले शशाङ्कसँग चलचित्र 'बद्रीनाथ कि दुल्हनिया', 'हप्टी शर्मा की दुल्हनिया' लगायतका चलचित्रमा काम गरिसकेका छन् । वरुणले नायिकाद्धय कियारा आडवाणी र भूमि पेडनेकरसँग चलचित्रमा काम गर्न लागेको चर्चा चलिरहेको छ । पछिल्लो समय दर्शकले निकै रुचाएका कियारा र भूमिलाई वरुणसँग स्क्रिन साझेदारी गरेको हेर्न पाइने भएको छ । राम्रो चार्म भएका यी कलाकारको कम्बिनेशनले चलचित्र राम्रो बन्ने अनुमान गर्न सकिन्छ । चलचित्रको छायाङ्कन आउँदो वर्षको मार्च महिनाबाट सुरु गर्ने योजना निर्माण पक्षको छ ।