बलिउड नायक सलमान खानका अधिकांश चलचित्र इदमा रिलिज हुन्छन् । सलमानका चलचित्रले इदमा राम्रो कमाई पनि गरिरहेका छन् । इदमा एकछत्र राज गरिरहेका सलमानको यस पटकको इदमा अभिनेता अक्षय कुमारसँग मुकाबिला हुने भएको छ । २०२० को इदमा सलमानको ‘राधे’ र अक्षयको ‘लक्ष्मी बम्ब’ प्रदर्शनमा आउने भएका हुन् । सलमानले दुई प्रतीक्षित चलचित्र एउटै मितिमा प्रदर्शनमा आउने भए पनि नोक्सान भने कसैलाई नहुने बताएका छन् । उनले आफ्नो चलचित्र पनि क्रिसमस, दिवाली, रामदान जस्ता चाडमा रिलिज हुन सक्छन् । आफूले कहिले पनि इद मेरो मात्र हो नभनेको भनेका छन् । यती बेला दुवै अभिनेताका आ-आफ्ना चलचित्र प्रदर्शनको तयारीमा छन् । सलमान ‘दबंग ३’ लाई लिएर चर्चामा छन् भने अक्षयको ‘गुड न्युज’ नयाँ वर्षमा आउँदै छ ।