शुक्रवारबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘मर्दानी २’ बक्स अफिसमा औसत ओपनिङ गरेको छ । ३ करोड ८० लाखको ओपनिङ गरेको यस चलचित्रले दोस्रो दिन ६ करोड ५० लाख कलेक्सन गर्दै आफ्नो नाममा १० करोड जम्मा गरेको छ । वास्तविक घटनामा आधारित भएर निर्माण भएको चलचित्रमा अभिनेत्री रानी मुखर्जिले एक निडर पुलिस अफिसरको भूमिका निभाएकी छन् । गोपी पुरथनले निर्देशन गरेको फिल्मलाई यशराज फिल्म्स ब्यानरबाट निर्माण गरिएको हो । अपेक्षाकृत ओपनिङ गर्न नसकेको चलचित्रको विषयवस्तुलाई भने दर्शक र समीक्षकले मुक्तकण्ठले प्रशंसा गरेका छन् । राम्रो वर्ड अफ माउथ राम्रो कमाएकाले चलचित्रले दोस्रो दिन केही राम्रो व्यापार गर्न सफल भएको हो । आइतवार चलचित्रको व्यापारमा अझ सुधार आउने अपेक्षा गरिएको छ ।