चलचित्र ‘धडक’ बाट बलिउडमा डेब्यु गरेकी जाह्नवी कपुरलाई यसै चलचित्रले बलिउडमा सम्भावना भएकी नायिकाको रूपमा स्थापित गरायो । चलचित्र बक्स अफिसमा सुपर हिट भयो र जाह्नवीको लागी राम्रो ओपनिङ गर्न सफल भयो । यिनै जाह्नवी अब साउथ इन्डियन चलचित्रमा देखिने भएकी छिन् । उनले ‘अर्जुन रेड्डी’ सुपरस्टार विजय देवरकोन्डासँग रोमान्स गर्ने तयारी गरिरहेको बलिउड मिडियाले बताइरहेका छन् । जानकारी अनुसार जाह्नवी र विजयले ‘फाइटर’ नाम दिइएको चलचित्रमा एक अर्कासँग काम गर्नका लागि मन्जुरी दिइसकेका छन् तर निर्माण पक्षले यसको आधिकारिक सूचना सार्वजनिक भने गरेको छैन । बलिउडमा निकै डिमान्ड भएकी यी नायिकाका ‘रूही आफ्जा’ र ‘दोस्ताना २’ चलचित्र निर्माणाधीन छन् जसमा उनी क्रमशः फिल्ममा उनी राजकुमार राव र कार्तिक आर्यनसँग रोमान्स गर्नेछिन् । यति बेला उनी गुञ्जन सक्सेनाको बायोपिकमा काम गरिरहेकी छिन् ।