बलिउडको निकै सफल चलचित्र 'गोलमाल'को पाँचौँ भाग बन्ने भएको छ । बलिउड चलचित्रको सफल सिरिज मध्य को 'गोलमाल' सिरिज पाँचौँ भाग सम्म बन्न लागेको बलिउड कै पहिलो सिरिज हो । भारतीय मिडियाका अनुसार यस फिल्म आगामी वर्षदेखि फ्लोरमा जाने बताइएको छ । यस चलचित्रमा अजयसँगै अरशद वारसी, तुषार कपुर, श्रेयस तलपदे, मुकेश तिवारी लगायतका कलाकारको अभिनय रहनेछ । गोलमालको पहिलो भागदेखि नै रहेका अजय पाँचौँ भागमा पनि दोहोरिने भएका छन् । एक पटक फेरी अब फिल्म गोलमालको पाँचौँ भागमा अजय देवगन र रोहित सेट्टीलाई देख्न पाइने भएको छ । देवगनको १००औं फिल्म ‘तानाजी: द अनसङ’ यति बेला प्रदर्शनको सँघारमा छ ।