शुक्रवारबाट नेपालका हलमा यो वर्षको प्रतीक्षित बलिउड चलचित्र ‘दबंग ३’ प्रदर्शनमा आउँदै छ । त्यसैले पनि यो शुक्रवार नेपाली हलमा कुनै नेपाली चलचित्र प्रदर्शनमा नआउने भएका छन् । निकै सफल चलचित्र 'दबंग'को यो सिरिजलाई पनि निकै प्रतीक्षित मानिएको छ । नेपालमा पनि सलमानको क्रेज उत्तिकै छ र उनको चुलबुल पाण्डे अवतारको प्रशंसा र गर्ने को जमात ठुलो छ र उनलाई पर्दामा हेर्ने प्रतीक्षा धेरैले गरिरहेका छन् । यसैलाई मध्य नजर गर्दै चलचित्रलाई नेपाली मल्टिप्लेक्समा कीर्तिमानी सो दिइएको छ । 'दबंग ३'लाई क्युएफएक्सले उपत्यका भित्र झन्डै चार दर्शन सो दिएको छ । भने देशभर ८८ सो दिइएको छ । यो क्युएफएक्सले दिएको अहिले सम्मकै उच्च सो हो । शुक्रवारदेखि प्रदर्शनमा आउने चलचित्रको बुकिङ पनि खुल्ला गरिएको छ ।  प्रभु देवा निर्देशित यस चलचित्रमा सलमानसँगै सोनाक्षी सिन्हाको मुख्य भूमिका रहेको छ । 'दबंग ३' एक्सन र कमेडी जनरामा निर्माण भएको छ भने सलमानलाई उही पहिलेका भागमा जस्तै पुलिस अफिसर चुलबुल पाण्डेको भूमिकामा देखिनेछ ।