ऋतिक रोशन स्टारर यस वर्षको सफल बलिउड चलचित्र 'सुपर ३०'को रिमेक बन्ने भएको छ । बलिउड लगायत विश्वभर नै प्रशंसा कमाएको यस चलचित्रको हलिउड रिमेक बन्ने भएको हो । गणितिज्ञ आनन्द कुमारको जीवनीमा आधारित 'सुपर ३०' को हलिउड रिमेकको लागी मुख्य भूमिका र निर्देशकको निर्णय भई नसकेको र निर्णय भएपछि यसको काम सुरु गरिने लेखक सञ्जीव दत्तले बताएका छन् । अमेरिकन कम्पनीले रिलायन्स इन्टरटेनमेन्ट कम्पनीका सुभाशिस श्रीकारलाई फिल्मको रिमेक बनाउन प्रस्ताव गरेको बाहिरिएको छ । यसको रिमेकमा आनन्द कुमारको पनि अभिनय रहने बताइएको छ । आनन्द कुमारलाई नै पर्दामा उतारेर बनाइने रिमेक कस्तो बन्ला भन्ने कौतुहलता दर्शकमा जाग्नु सामान्य हो । किनकि उनको भूमिकामा अभिनय गरेका ऋतिकले यो वर्ष सम्पूर्ण विश्वको ध्यान खिच्न सफल भएका थिए ।