बलिउड चलचित्र 'बन्टी और बब्ली' को दोस्रो भाग बन्ने भएको छ । रानी मुखर्जी र सैफ अलि खानको मुख्य भूमिका रहने चलचित्रको अघिल्लो भागमा रानी र अभिषेक बच्चन मुख्य भूमिकामा थिए । 'बन्टी और बब्ली २' मा पनि अभिषेकलाई प्रस्ताव गरिएको तर उनले काम गर्न अस्वीकार गरेपछि सैफलाई एप्रोच गरिएको रानीले बताएकी छिन् । 'बन्टी र बब्ली'लाई दर्शकले अत्यधिक मन पराएको र दर्शकको माग अनुसार नै यशराज फिल्म्स यसको सिक्वेल बनाउन तयार भएको रानीले थपेकी छिन् । सैफले पनि चलचित्रको कथा र आफ्नो भूमिका मन परेकाले काम गर्न तयार भएको बताएका छन् । सैफ र रानी ११ वर्षपछि स्क्रिन सेयर गर्दै छन् भने उनीहरूलाई एक्सन कट वरुण शर्माले गर्नेछन् । सन् २००५ मा बनेको क्राइम कमेडी जनराको चलचित्र सिक्वेलमा सैफ र रानीका साथमा सिद्धान्त चतुर्बेदी र नव कलाकार शरवरीको पनि अभिनय रहने छ ।