आज शुक्रवारबाट हलमा बलिउड चलचित्र ‘दबंग ३’ प्रदर्शनमा आएको छ । यस वर्षको प्रतीक्षित यस चलचित्रको छायामा पर्ने डरले आज कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएनन् । नायक सलमान खानको ‘दबंग ३’ देशभरका सिनेमा हल कब्जा गरेका छन् । भने नेपालका सबै मल्टिप्लेक्स सिनेमा हलले हिन्दी फिल्म ‘दबंग ३’ लाई शतप्रतिशत सो दिएका छन् । हिट चलचित्रको सिरिज, सलमानको स्टारडम, सोलो रिलिजको अवसरका कारण पनि यसले बम्पर ओपनिङ गर्ने अपेक्षा गरिएको थियो । तर, चलचित्रले भारतमा बिहानी शोमा भने निकै नै कमजोर ओपनिङ गरेको छ । सलमानको चलचित्रको ओपनिङ बम्पर हुने गर्थ्यो तर यो चलचित्रले सो चे अनुरूप ओपनिङ नगरेको र भारतमा पनि मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । केही समीक्षकले फिल्म हेर्दा टाउको दुःखेको बताएका छन् भने कसैले इन्टरटेनिङ भएको भन्दै फिल्मले धमाकेदार व्यापार गर्ने अनुमान गरेका छन् । चलचित्रले २० देखि २५ प्रतिशतको ओपनिङ गरेको भारतीय मिडियाले जनाएका छन् । यो चलचित्रको बुकिङ पनि निकै कमजोर थियो । भारतमा भइरहेको नागरिकता संशोधन कानुनको विरोधका कारण चलचित्रको व्यापारमा ठुलो असर परेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।