अभिनेता सलमान खान र सोनाक्षी सिन्हा अभिनित चलचित्र ‘दबंग ३’ शुक्रबारबाट विश्व भर प्रदर्शनमा आएको छ । सलमान खान स्टारर चलचित्रले अपेक्षा अनुरुपको ओपनिङ भने गर्न सकेन । चलचित्रले तेस्रो दिन आइतबार भने केहि राम्रो ब्यापार गरेको छ । भारतमा केही दिनदेखि चर्किएको नागरिकता संसोधन विधेयक विरुद्धको आन्दोलनका कारण यो चलचित्रको व्यापारमा घाटा लागेको समिक्षक तथा फिल्म कर्मीले ब ताइरहेका छन् । चलचित्रले ३ दिनमा करिब ८० करोडको आसपासमा व्यापार गरेको छ । जुन सलमान खान स्टारर चलचित्रका लागि अपेक्षा गरिए भन्दा धेरै कम हो । ‘दबंग ३’ले राम्रो व्यापार गर्न नसकिरहेको बेला इन्टरनेटमा फिल्म लिक भएको छ । जसले, चलचित्रको व्यापारमा धेरै असार गर्ने देखिन्छ । चलचित्रमा सलमान, सोनाक्षी सिन्हा र साइ माञ्जरेकर,  माही गिल, टिनु आनन्द, सुदीप किच्चा, अरबाज खानलगायतका कलाकारको अभिनय रहेको छ ।