६६औँ भारतीय राष्ट्रिय अवार्डमा अभिनेता विक्की कौशल र आयुष्मान खुरानाले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् । विक्कीलाई 'उरी: द सर्जिकल स्ट्राइक' र आयुष्मानलाई 'अन्धाधुन्ध' बाट उत्कृष्ट अभिनेताको उपाधि दिइएको हो । दुवै चलचित्र बक्स अफिसमा सफल ठहरिएका थिए भने समीक्षात्मक हिसाबले अब्बल मानिएका थिए । यसै गरी 'उरी' बाट नै उत्कृष्ट निर्देशकको अवार्ड आदित्य धारालाई दिइएको छ । सामाजिक विषय विधा अन्तर्गत अक्षय कुमार स्टारर चलचित्र 'प्याडम्यान' ले अवार्ड हात पार्यो । उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र 'महानथी' बाट कृथी सुरेशलाई दिइएको छ । साथमा चलचित्र पद्मावत बाट उत्कृष्ट सङ्गीतकारको संजयलिला भन्सालीले बनेका छन् ।