बलिउड चलचित्र ‘हंगामा’को दोस्रो सिरिज बन्ने भएको छ । पछिल्लो समय हिट चलचित्रका रिमेक र सिरिजले बलिउडलाई छपक्कै छोपेको छ । यसै भिडमा मिसिँदै निर्देशक प्रिया दर्शनले चलचित्र ‘हंगामा’को सिरिज बनाउने भएका छन् । चलचित्रलाई रतन जैनले निर्माण गर्दै छन् भने यसमा नायिका शिल्पा सेट्टी र कलाकार परवेश रावलको मुख्य भूमिका रहने पक्का भएको छ । ‘कन्फ्युजन अन लिमिटेड’ स्लोगन राखिएको चलचित्रलाई पूर्णतया कमेडी कथामा निर्माण गरिने बताइएको छ । शिल्पा र परवेशका साथमा चलचित्रमा मेजान जाफ्री र प्रनिथा सुवासको पनि मुख्य भूमिका रहनेछ । चलचित्रको निर्माण घोषणा सँगै रिलिज मिति पनि तोकिएको छ । ‘हंगामा २’ सन् २०२० को अगष्ट १४ तारिखमा रिलिज हुने भनिएको छ ।