बलिउड चलचित्र 'गुड न्युज' भोलि शुक्रवारबाट प्रदर्शनमा आउँदै छ । अक्षय कुमार, करिना कपुर खान, कियारा आडवाणी र दिलजित दोसाँझ स्टारर चलचित्र निकै प्रतीक्षित बनेको छ । ‘आईबीएफ प्रेग्नेन्सी’ मा आधारित चलक्गित्र करिना कपुर र कियारा आडवाणीको ‘प्रेग्नेन्सी’ वरिपरि घुम्छ । चलचित्रमा दिलजित कि गर्भवती श्रीमतीको भूमिका निभाएकी कियाराले हालै एक अन्तर्वार्तामा आफू किन गर्भवती बन्न चाहेको हो भन्ने खुलासा गरेकी छन् । चलचित्रका चार मुख्य कलाकारलाई लिएर गरिएको अन्तर्वार्तामा करिनाले पनि आफू गर्भवती हुँदा सुन्नुपर्ने विषयका बारे बोलेकी थिइन् ।  करिनापछि अक्षय कुमारले गर्भवती महिलालाई लड्डु खाने सल्लाह दिने गरेको अनुभव सुनाए । कियारासँग सोधियो ‘के तिमीले पनि लड्डु खाएकी छौँ ? ’ यसको उत्तरमा कियाराले भनिन्, ‘मैले कहिल्यै लड्डु खाएको छैन किनकि म गर्भवती भएकी छैन । म यस कारण गर्भवती हुन चाहन्छु किनकि मैले चाहेका सबै कुरा खान पाऊँ ।’