बलिउड नायक सलमान खानको आज जन्मदिन परेको छ । उनी आजबाट ५४ वर्षमा प्रवेश गरेका छन् । खानले भाइ सोहेल खानको घरमा जन्मदिन मनाएका छन् । सोहेलले आयोजना गरेको जन्मदिन विशेष कार्यक्रममा बलिउडका केही कलाकार समेत उपस्थित भएका थिए । जन्मदिनमा साहरुख खानदेखि कट्रिना कैफ, सोनाक्षी सिन्हा लगायतका बलिउड कलाकार पुगेका थिए । जन्मदिनको अवसरमा उनलाई उनका फ्यान, आफन्त र बलिउड कर्मीले शुभकामना दिइरहेका छन् । सन् १९६५ डिसेम्बर २७ मा जन्मिएका उनी आजसम्म बलिउडका सबैभन्दा सफल नायकको रूपमा चिनिन्छन् । पछिल्लो दशकमा मात्र सलमान अभिनीत १६ चलचित्रमध्ये १५ चलचित्र सय करोड क्लबमा प्रवेश गरेका छन् । यति बेला उनी अभिनीत चलचित्र ‘दबंग ३’ प्रदर्शन भइरहेको छ । चलचित्रको कारण मात्र होइन उनी प्रेम सम्बन्धले पनि चर्चामा आइरहने नायक हुन् । साथमा उनी अहिले पनि ‘कालो हरिणको सिकारदेखि हिट एन्ड रन केस’मा सलमान खान अहिले पनि मुद्दा खेपिरहेका छन् ।