यो साता पनि कुनै नेपाली चलचित्र प्रदर्शनमा आएनन् । अघिल्लो साता प्रदर्शनमा आएको सलमान खान स्टारर चलचित्र 'दबंग ३'ले हल कब्जा गरिरहेकै बेला अर्को प्रतीक्षित चलचित्र  ‘गुड न्युज’ प्रदर्शनमा आएको छ । यी दुई प्रतीक्षित चलचित्रको चेपुवामा पर्ने र दर्शक नपाउने डरले नेपाली चलचित्रले यो साता पनि हलमा उत्रने आँट गर्न सकेनन् । कुनै नेपाली फिल्म प्रदर्शनमा नआउँदा बलिउड फिल्म ‘गुड न्युज’ले मल्टिप्ल्केस कब्जा गरेको छ । राज मेहेता निर्देशित चलचित्र ‘गुड न्युज’मा अक्षय कुमार, करी ना कपूर, दिलजित र कायरा आडवाणी लगायतको मुख्य भूमिका रहेको छ । कमेडी जनरामा निर्माण भएको यस चलचित्रमा ज्योति कपूरको कथा र पटकथा रहेको छ । चलचित्र बच्चा नभएका दुई दम्पतीले बच्चाका लागि विट्रो फर्टिलाइजेशन आइभिएफ टेक्नोलोजीको सहारा लिँदा भएको कन्फ्युजन नै चलचित्रको मूल कथा हो । दिलजीत-कियारा, अक्षय-करिनाको गुडन्यूजको बिच निकै ठुलो कन्फ्युजन हुन्छन् । अस्पतालमा दुवै कपल्सको सरनेम बत्रा भएका कारण स्पर्म मिक्स अप हुन्छ । चलचित्रलाई राज मेहताले निर्देशन गरेका हुन् भने हिरु जोहर, अरुना भाटिया, करण जोहर, अपूर्व मेहता र शशांक खैतान चलचित्रका निर्माता हुन् ।