चर्चित भारतीय टेलिभिजन कलाकार कुशल पन्जाबीको मृत्यु भएको छ । ३० भन्दा बढी टेलिसिरियलमा काम गरिसकेका उनलाई मुम्बईको वाली हिलमा रहेको आफ्नै घरमा मृत अवस्थामा भेटिएको भारतीय मिडियाले जनाएका छन् । उनले आफ्नै कोठाको पङ्खामा झुन्डिएर आत्महत्या गरेका हुन् । तर, आत्महत्या गर्नुको कारण भने अहिलेसम्म खुलेको छैन । प्रहरीले उनको कोठाबाट एउटा सुसाइड नोट फेला पारेको छ । डेढ पेज लामो नोटमा उनले आफ्नो सम्पत्तिको आधा भाग बाबु–आमा र बहिनीलाई दिन भनेका छन् । भने बाँकी आधा तीन वर्षीय छोरालाई दिन भनेका छन् । उनले सन् २०१५ मा आड्री डालेनसँग विवाह गरेका थिए भए उनीहरूका एक छोरा छन् । भारतिय मिडियाले पछिल्लो समय आर्थीक संकटमा परेकाले र वैवाहिक जिवन राम्रो नहुँदा डिप्रेस्ड भएको लेखेका छन् । कुशलाले आफ्नो करिअरमा ३० भन्दा बढी टेलिसिरियलमा काम गरिसकेका छन् । जसमा ‘सीआईडी, लव म्यारिज, देखो मगर प्यार से, कोही हे, फियर फ्याक्टर, कभी हां कभी ना’ सफल टेलिसिरियलमा पर्छन् ।