बलिउडकी एक चर्चित अभिनेत्री दीपिका पादुकोण द्रौपदी बन्ने भएकी छिन् । निर्देशक नितेश तिवारीले बनाउने महाभारतमा आधारित चलचित्रमा उनी द्रौपदीको भूमिकामा देखिने भएकी हुन् । मधु मन्टेनाले निर्माण गर्ने चलचित्रमा दीपिकाको साथमा अभिनेता ऋतिक रोशन पनि देखिने छन् । उनले भगवान् कृष्णको भूमिका निभाउने बलिउड मिडियाले लेखिरहेका छन् । अभिनय कौशलका कारण चर्चामा आउने सफल दुई कलाकारको जोडिलाई चलचित्रमा एकसाथ देखिने भएपछि चलचित्र प्रति दुबैका फ्यानको चासो बढेको छ । यसमा दीपिकाले पनि लगानी गर्ने बुझिएको छ । यति बेला दीपिकाको चलचित्र 'छपाक' प्रदर्शनको सँघारमा छ जसलाई लिएर दर्शक निकै उत्साहित छन् ।