चर्चित बलिउड अभिनेत्री मल्लिका सेरावत नेपाल आएकी छिन् । नयाँ वर्ष मनाउन उनी शनिवार नेपाल आइपुगेकी हुन् । उनले गौतम बुद्धको जन्म भूमि भ्रमण गर्ने र यसको लागी निकै उत्साहित भएको भन्दै सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिएकी थिइन् । नेपाल आएसँगै आफूलाई न्यानो आतिथ्य प्रदान गरेको र स्वागत गरेको मा आफू निकै खुसी भएको पनि बताएकी छिन् । केही वर्ष यता चलचित्रको पर्दाबाट टाढा रहेकी सेरावत सफल र रुचाइएकी नायिका हुन् ।