गत शुक्रवारबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘गुड न्युज’ लाई दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । सानदार ओपनिङ गरेको चलचित्रले प्रदर्शनको ६ दिनमा नै सय करोड कमाउन सफल भएको छ । प्रदर्शनको पहिलो दिन १७ करोड ५६ लाख छापेको ‘गुड न्युज’ले दोस्रो दिन २१ करोड ७८ लाख, तेस्रो दिन २५ करोड ६५ लाख, चौथो दिन १३ करोड ४१ लाख, पाँचौँ दिन १६ करोड २० लाख र छैठौ दिन २२ करोड ५० लाख कमाउँदै ‘गुड न्युज’ ले भारतीय बक्स अफिसमा कुल १ सय १७ करोड १० लाखको व्यापार गर्न सफल भैसकेको छ । सलमान खानको दबंग ३ सँग प्रतिस्पर्धामा उत्रेको चलचित्रले सल मानलाई पछि धकेल्दै सफल यात्रा गरिरहेको छ । राज मेहेता निर्देशित चलचित्र ‘गुड न्युज’मा अक्षय कुमार, करीना कपूर, दिलजित र कियारा आडवाणी लगायतको मुख्य भूमिका रहेको छ । कमेडी जनरामा निर्माण भएको यस चलचित्रमा ज्योति कपूरको कथा र पटकथा रहेको छ । चलचित्र बच्चा नभएका दुई दम्पतीले बच्चाका लागि विट्रो फर्टिलाइजेशन आइभिएफ टेक्नोलोजीको सहारा लिँदा भएको कन्फ्युजन नै चलचित्रको मूल कथा हो ।