आदित्य रोय कपुर, दिशा पटानी तथा अनिल कपूर स्टारर चलचित्र 'मलाङ' को पोस्टर रिलिज भएको छ । सन् २०२० मा रिलिज हुने तयारीमा रहेको चलचित्रको क्यारेक्टर पोस्टर रिलिज भए यता चर्चामा छ । सार्वजनिक पोस्टरमा आदित्य र दिशालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । दिशाले इन्स्टाग्राममा पोस्टर सेयर गर्दै, 'टू वाइल्ड सोल्स ... वान लभ ... मलाङ!' लेखेकी छिन् । शुक्रवार मात्रै आदित्यले फर्स्ट लुक पोस्टर इन्स्टाग्राममा सेयर गरेका थिए । क्याप्सन थियो, 'लभ इज प्योर, सो इज हेट ।' चलचित्रमा अनिल कपूर पुलिसको भूमिकामा देखिने छन् । उनी मुख्य खल पात्रको रूपमा देखिने बताइएको छ । मोहित सुरीले निर्देशन गरेको चलचित्र 'मलाङ'को ट्रेलर जनवरी ६ मा आउने बताइएको छ । 'मलाङ' आगामी फेब्रुअरी ७ मा रिलिज हुने तय भएको छ ।