ब्याक टु ब्याक सफल चलचित्र दिइरहेका बलिउड अभिनेत्री भूमि पेडणेकर र अभिनेता आयुष्मान खुरानालाई फेरी पर्दामा एकसाथ देखिने भएका छन् । बक्स अफिसमा धुम मच्चाएको यो जोडीलाई फेरी चलचित्र ‘शुभ मङ्गल ज्यादा सावधान’ मा उनीहरू एकसाथ देखिने भएको छ । ‘शुभ मङ्गल सावधान’मा भूमिको भूमिका निकै रुचाइएकाले दोस्रो भागमा पनि उनी नै दोहोरिन लागेको बताइएको छ । चलचित्रको दोस्रो भागमा उनी एक विशेष रूपमा देखिने बताइएको छ, जुन पछिल्लो फिल्मको तुलनामा निकै अलग हुनेछ । ‘शुभ मङ्गल ज्यादा सावधान’ मा अनुबन्ध भएपछि भूमिले चलचित्रलाई लिएर आफू उत्साहित रहेको बताएकी छन् । भूमि र आयुष्मानको जोडीलाई पर्दामा निकै रुचाइएको छ भने फेरी यो जोडिलाई एकसाथ हेर्ने दर्शकको इच्छा पुरा हुने भएको छ ।