मिस्टर पर्फेक्सनिस्टको उपनामले चिनिने बलिउड अभिनेता आमिर खान आफूले हात हालेको कामलाई निकै होसियारी ढङ्गले सम्पन्न गर्छन् । यति बेला उनी चलचित्र ‘लाल सिंह चड्ढा’को लागी व्यस्त छन् । चलचित्रको छायाङ्कन भइरहेको छ भने आमिरले यस चलचित्रको लागी गरेको मेहनत को प्रसङ्ग निकै चर्चामा छ । ‘लाल सिंह चड्ढा’ हलिउड चलचित्र ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । यसैको लागी आमिरले २० किलो वजन घटाएका छन् । साथमा उनले लामो दारी पनि पालेका छन् । फिल्ममा धेरै दौडिने सिन भएकाले उनले खुट्टामा भएको पिडा कम गर्ने औषधी खाएर सुटिङ गरिरहेका छन् । आफ्नो अघिल्लो चलचित्र असफल भएको र यसमा आफ्नै कमजोरी भएको स्वीकार गर्ने आमिरले चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने बताउँदै आएका छन् ।