अघिल्लो शुक्रवारबाट प्रदर्शनमा आएको बलिउड चलचित्र 'गूड न्युज'ले निकै राम्रो व्यापार गरिरहेको छ । अक्षय कुमार र करीना कपुर स्टारर यस चलचित्रले डिसेम्बर २०मा रिलिज भएको सलमान खान स्टारर चलचित्र ‘दबंग ३’लाई पछि पारेको छ । चलचित्रले दोस्रो साता पुरा आइपुग्दा सम्म २०० करोड व्यापार गर्ने अनुमान लगाइएको छ । ‘दबंग ३’ले रिलिज भएको तेस्रो सातामा १५० करोडको आँकडा पार गरेको छ भने, ‘गुड न्युज’ले रिलिजको दोस्रो साता चलिरहँदा नै १५० करोडको आँकडा पार गरिसकेको छ । सोमबार आफ्नो १० दिनको कमाई सार्वजनिक गरेको छ । जस अनुसार चलचित्रले १ सय ६२ करोड १० लाखको व्यापार गरेको छ । अक्षय, करीनाका साथमा दिलजीत दोसांझ र कियारा आडवाणीको मुख्य भूमिका रहेको यस चलचित्रले दर्शक र समिक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।