बलिउड अभिनेता अक्षय कुमार ब्लकबस्टर चलचित्रका पर्याय बनेका छन् । पछिल्लो समय उनले अभिनय गरेका चलचित्रले बक्स अफिसमा कमाल गरिरहेका छन् । सन् २०१९ पनि अक्षयको लागी निकै फलदायी वर्ष बन्यो । अझ यो वर्ष उनले एउटा नयाँ रेकर्ड समेत कायम गरेका छन् । उनी एक वर्षमा सर्वाधिक कमाई नायक बनेका छन् । २०१९मा उनी अभिनीत ४ वटा चलचित्र गतबर्ष रिलिज भएका थिए र चारै चलचित्र सय करोड क्लबमा प्रवेश गरे । उनी अभिनीत ४ वटा चलचित्रले भारतीय बक्स अफिसमा ७ सय करोड भन्दा बढी कमाएका छन् । जुन एक नायकले गरेको सबैभन्दा ठुलो कलेक्सन हो । अहिले उनको चलचित्र ‘गुड न्युज’ हल्मा प्रदर्शन भइरहेको छ । जसले बक्स अफिसमा १७० करोड बढी कमाइसकेको छ । यस अघि का वर्षमा रणवीर सिंहका चलचित्रले सन् २०१८ मा ५४२ करोडको कमाई गरेका थिए भने सन् २०१५ मा सलमान खानका चलचित्रले ५३० करोडको कमाई गरेका थिए । अक्षयको यो कमाइ एक अभिनेताले काम गरेको चलचित्रले कमाएको अहिलेसम्म कै बढी रकम हो ।