बलिउड अभिनेता ज्याकी श्राफ नेपाली ढाका टोपीमा सजिएको तस्बिर सोमवार सामाजिक सञ्जाल इन्स्टाग्राममा अभिनेत्री पोस्ट गरेकी छिन् । श्राफलाई भेटमा अभिनेत्री कोइरालाले नेपाली ढाका टोपी लगाइदिएकी हुन् । महा राष्ट्रको एक फार्ममा उनीहरूको भेट हुँदा मनीषाले सम्मान स्वरूप नेपाली ढाका टोपी लगाइदिएकी हुन् । मनीषाले साझेदारी गरेको तस्बिरमा उनको आमा बुवालाई पनि देख्न सकिन्छ । मनीषाले ज्याकीसँग समय बिताउन पाएकोमा निकै खुसी लागेको लेखेकी छिन् ।

ज्याकी श्राफलाई नेपाली ढाका टोपी सहित मनिषाको सम्मान

क्याप्सनमा उनले स्वस्थ जीवन शैलीको नेतृत्व गर्न कला-संस्कृतिका साथै धेरै हाँसोको साथ बाँच्नु पर्ने पनि लेखेकी छिन् । क्यान्सरलाई जितेर नयाँ जीवनको बाँचिरहेकी मनिषा पछिल्लो समय स्वास्थ्य रहन सबैलाई प्रेरणा दिने गरेकी छिन् । ज्याकी र मनिषा निकै मिल्ने साथी हुन् । यी दुईले ‘सौदागर’, ‘मिलन’, ‘१९४२ अ लभ स्टोरी’, ‘दुष्मनी’, ‘अग्नीसाक्षी’, ‘लावारिस’, ‘युगपुरुष’, ‘ग्रहण’ लगायतका फिल्ममा सँगै काम गरेका थिए ।