आइतबार राति भारतको 'जेएनयु'मा छात्रामाथि आक्रमण भएको थियो । आक्रमण विरुद्ध भारत भर नै प्रदर्शन भइरहेको छ । यसको विरुद्ध बलिउडका चर्चित हस्ती समेतले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । कार्टर रोडमा भएको शान्तिपूर्ण प्रदर्शनमा अनुराग कश्यप, अनुभव सिन्हा, तापसी पन्नू, विशाल भारद्वाज, रेखा भारद्वाज, जोया अख्तर, दीया मिर्जा, राहुल बोस, गौहर खान, अलि फजल, रिचा चड्‌ढा, स्वानंद किरकरे, हंसल मेहता, सौरभ शुक्ला, श्वेता त्रिपाठी लगायत नाम चलेका बलिउड हस्तिको उपस्थिति रहेको थियो ।

'जेएनयु' आक्रमण विरुद्ध बलिउडका हस्ती सडकमा

यसै गरी सत्ताधारी बीजेपी समर्थकहरूद्वारा गरिएको विद्यार्थी कुटपिट विरुद्धको आन्दोलनमा अभिनेत्री दीपिका पादुकोण समेत सडकमा निस्किएकी छिन् । उनले छात्रामाथि आक्रमण हुनु निकै दुखद भएको बताएकी छन् । जेपी प्रवक्ता तेजिन्द्रपाल सिंह बग्गाले दीपिका अभिनीत चलचित्र बहिष्कार गर्न अपिल गरेका छन् । चाँडै दीपिका अभिनित चलचित्र 'छपाक' प्रदर्शनमा आउँदै छ ।