बलिउड अभिनेता सलमानको नयाँ चलचित्र ‘राधे’ यही वर्षको इदको अवसर पारेर रिलिज हुँदै छ । अघिल्ला वर्षमा झैँ उनले यो वर्षको इदलाई नछोड्ने भएका छन् । उनले यो वर्षको इद त कब्जा गरे गरे आगामी वर्ष २०२१को इद पनि कब्जा गरिसकेका छन् । अर्को इदमा आउने पक्का भएको उनको चलचित्रको नाम राखिएको छ ‘कभी इद कभी दिवाली’ । चलचित्रलाई सलमान खान र निर्माता साजिद नाडियाडवाल मिलेर निर्माण गर्दै छन् । यसलाई चलचित्रलाई फरहदा साम्जीले निर्देशन गर्ने छन् । साजिद र सलमानले चलचित्र ‘किक’मा सहकार्य गरेका थिए जुन निकै फलदायी भएको थियो । चलचित्रको अन्य जानकारी भने सार्वजनिक गरिएको छैन ।