बलिउड नायक साहिद कपुर सुटिङका क्रममा घाइते भएका छन् । यति बेला उनी नयाँ चलचित्र ‘जर्सी’को छायाङ्कन गरिरहेका छन् । मोहालीमा क्रिकेट खेलिरहेको दृश्यको छायाङ्कनका क्रममा साहिदको अनुहारमा गम्भीर चोट लागेको बताइएको छ । भारतीय मिडियाका अनुसार उनको अनुहारमा १२ टाँका लगाइएको छ । दुर्घटना पछि साहिद छायाङ्कन छाडेर केही दिन आराम गर्न मुम्बई फर्किएका छन् । विमानस्थल मा पत्नी मिरा राजपुतको साथमा देखिएका उनले आफ्नो मुख छोपेका थिए । उनको क्रिकेट खेल्ने क्रममा ओठमा चोट लागेको हो जसको कारण उनले केही दिन आराम गर्नुपर्ने भएको छ । साउथको हिट चलचित्र ‘जर्सी’को रिमेक यस चलचित्र आगामी अगस्ट २८मा प्रदर्शनमा आउने छ । गत वर्ष रिलिज भएको चलचित्र ‘कविर सिंह’बाट बलिउडमा तारिफ कमाएका उनको डिमाण्ड बलिउडमा निकै बढेको छ ।