गत शुक्रवारबाट बलिउडका प्रतीक्षित दुई चलचित्र ‘तानाजी’ र ‘छपाक’ प्रदर्शनमा आएका छन् । जय देवगनको ‘तानाजीः द अनसंग वारियर’ र दीपिका पादुकोणको ‘छपाक’ लाई लिएर सुरुदेखि नै दर्शकमा निकै धेरै उत्सुकता थियो । राम्रो ओपनिङ गरेका दुवै चलचित्रमा ‘छपाक’ ले पहिलो दिन बक्स अफिसमा ४ करोड ७७ लाखको कमाई सँगै ओपनिङ गरेको थियो । भने ‘तानाजी’ ले  १५ करोड १० लाखको ओपनिङ गरेको थियो । भारतीय टेन्ड एर्नालिस्ट तरण आदर्शको अनुसार ‘तानाजी’ले शुक्रवार र शनिवार गरी ३५ करोड ५७ लाख जम्मा गरेको छ । यसै गरी ‘छपाक’ले दुई दिनमा ११ करोड ६७ लाख हात पारेको छ । ‘तानाजी’अजय देवगनको १००औं चलचित्र हो जसमा काजोल र सैफको पनि अभिनय रहेको छ । ‘छपाक’ एसिड अट्याक सर्माइभर लक्ष्मी अग्रवालको जिन्दगीमाथि आधारित भएर निर्माण भएको चलचित्र हो । यसमा दीपिका मालतीको भूमिकामा देखिएकी छन् ।