बलिउड नायक वरुण धवनको मुख्य भूमिकामा चलचित्र ‘मिस्टर लेले’ बन्ने भएको छ । सोमवार चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । शशाङ्क खैतानको निर्देशनमा बन्न लागेको चलचित्रको सार्वजनिक पोस्टरमा वरुणलाई फरक अवतारमा देख्न सकिन्छ । पोस्टरमा उनलाई अर्धनग्न अवस्थामा देखाइएको छ साथमा उनको एक हातमा पेस्तोल समेत रहेको छ । कम्मरमा सानो झोला पनि बाँधेका उनलाई चिन्तित देखिन्छ । करण जोहरले निर्माण गर्ने ‘मिस्टर लेले’ २०२० को मध्यतिर छायाङ्कनमा जाने र सन् २०२१ को जनवरी १ मा रिलिज गर्ने तयारी भइरहेको छ । चलचित्रमा अन्य कुन कुन कलाकारले स्थान पाएका छन् त्यो खुलाइएको छैन । यति बेला नायक धवन चलचित्र ‘स्ट्रिट डान्सर थ्रिडी’को प्रचार प्रसारमा व्यस्त छन् । भने उनी अभिनीत चलचित्र ‘कुल्ली नम्बर १’ पनि पोस्ट प्रोडक्सनमा छ ।