आलिया भट्ट स्टारर चलचित्र 'गंगुबाई काठियावाडी' को फर्स्ट लुक सार्वजनिक गरिएको छ । आलियाले सामाजिक सञ्जालमा चलचित्रमा आफूले गर्न लागेको भूमिकाको तस्बिर सार्वजनिक गरेकी हुन् । ऐतिहासिक तथा फरक धारका चलचित्र बनाउन माहिर संजयलिला भन्सालीको आगामी चलचित्र आलिया भट्टलाई ‘माफिया क्विन’को रूपमा प्रस्तुत गरिने छ । चलचित्र हुसेन जैदीको ‘माफिया क्विन अफ मुम्बई’ नोबेलमा आधारित रहेको छ । चलचित्रको फस्ट लुकसँगै यसको प्रदर्शन मिति पनि तय गरिएको छ । यो चलचित्र सेप्टेम्बर ११ तारिखबाट रिलिज हुने यसको निर्माण पक्षले बताएको छ । चलचित्र एक वेश्यालय मालिकको कथामा आधारित रहनेछ ।