यस वर्षको प्रतीक्षित चलचित्र हो 'छपाक' जुन अघिल्लो हप्ताबाट प्रदर्शनमा आयो । दीपिका पादुकोण स्टारर यस चलचित्रले बक्स अफिसमा अजय देवगनको 'तानाजी'सँग भिडन्त गर्‍यो । यस भिडन्तमा 'छपाक' धेरै पछि पर्नु पर्‍यो । अजयको तानाजीले डेढ सय करोड कमाउँदा छपाकले जम्मा २८ करोड ३८ लाखको व्यापार गर्‍यो । दर्शकले रुचाए पनि व्यापारिक सफलता हात पार्न नसकेको यस चलचित्रको बारेमा बोल्दै अभिनेत्री दीपिकाले भने छपाक फ्लप नभएको बताएकी छिन् । दीपिका तथा निर्देशक मेघना गुलजारले आफ्नो चलचित्र घाटामा नगएको र आफूहरूले घाटा सहनु नपर्ने बताएका छन् ।