बलिउड अभिनेता ज्याकी श्रफ र उनका छोरा टाइगर श्रफलाई एउटै चलचित्रमा देखिने भएको छ । अहमद खानको निर्देशनमा बन्ने चलचित्र 'बागी ३' मा यी दुईको सहकार्य हुन लागेको हो । पहिलो पटक यी बाबु छोराले एउटै चलचित्रमा काम गर्न लागेका हुन् । बलिउडका निकै रुचाइएका बाबु छोरालाई एकसाथ देख्न पाउनु यी दुईका फ्यानको लागी खुसीको कुरा हो । भारतीय मिडियाले उनीहरूले चलचित्रमा पनि बाबु छोराको भूमिका निभाउने छन् । चलचित्रमा टाइगर र रितेश देशमुखका पिताको भूमिकामा ज्याकी देखिनेछन् । निर्माता साजीद नदिअद्वालाका अनुसार ज्याकी पुलिस अफिसरको भूमिकामा देखिनेछन् । उनले बुधवारबाट नै चलचित्रको लागी काम सुरु गरिसकेका छन् । यसमा श्रद्धा कपूरको पनि मुख्य भूमिका रहनेछ ।