बलिउड चलचित्र ‘पृथ्वीराज’बाट पूर्व मिस वर्ल्ड मानुषी छिल्लरले डेब्यु गर्ने भएकी छिन् । चलचित्रमा उनी अभिनेता अक्षय कुमारसँग स्क्रिन सेयर गर्दै छिन् । मानुषीले चलचित्रमा संयोगिता भूमिका निभाउँदै छिन् । उनले इन्स्टाग्राममा आफ्नो तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘संयोगिता पृथ्वीराज ।’ संयोगिता पृथ्वीराजको पहिलो पत्नी हुन् । पृथ्वीराजको भूमिकामा अक्षय देखिनेछन् ।तर, दोस्रो पत्नीको भूमिकाको लागि अभिनेत्री फाइनल गरिएको छैन । ‘पृथ्वीराज’मा अक्षय र मानुषीका अलावा मानव विज, आशुतोष राणा र सोनु सूद जस्ता कलाकार देखिँदै छन् । चलचित्र आगामी दिवालीमा रिलिज गरिने तयारी भइरहेको छ ।