भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माको मृत्यु भएको छ ।  प्रहरीका अनुसार उनले आत्महत्या गरेकी हुन् । उनले टेलिसिरियल ‘दिल तो ह्याप्पी है’ मा सिम्मी खोस्लाको भूमिका निभाउँथिन् । उनका को एक्टर अरू के बर्माका अनुसार सेजलको परिवारले शनिवार यो खबर थाहा पाएको हो । उदयपुरबाट आएकी सेजल २०१७ देखि मुम्बईमा बसेर अभिनयमा करिअर बनाउँदै थिइन् । उक्त सिरियलमा अभिनय गर्नुअघि उनी केही विज्ञापनमा देखिएकी थिइन् । सेजलले वेब सिरिज ‘अजाद परिन्दे’मा पनि काम गरेकी थिइन् । बर्माले आफ्नो सामाजिक सञ्जाल मा , लेखेका छन्, ‘अँ यो सत्य हो, म यो समाचार सुनेर अचम्ममा परेको छु । मलाई यो कुरा पत्याउन मुस्किल भएको छ । जब कि, १० दिनअघि मैले उनलाई भेटेको थिएँ, आइतबार ह्वाट्सयापमा कुरा पनि गरेको थिएँ । जब मैले १० दिनअघि भेटेको थिएँ, उनी एकदम ठिक थिइन् ।’ लेखेका छन् । उनी सिरियलमा सेजलका भाइ को भूमिका निभाउँथे । सेजलको आत्महत्याको कारण विस्तृतमा नखुले पनि भारतीय केही सञ्चारमाध्यमका अनुसार उनी बाबुको बिमारका कारण तनावमा थिइन् ।