अमिर खानको नयाँ चलचित्र 'लाल सिंह चड्‍ढा' को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता अमिरलाई लामो दारी, टोपीमा हातमा गिफ्ट लिएको  शिख अवतारमा देखाइएको छ । अमिर खान र करिना कपुरको मुख्य भूमिका रहेको छ । फिल्ममा अमिर एक शिखको भूमिका देखा पर्नेछन्। फिल्म लाल सिंह चड्‍ढा हलिउड फिल्म फरेस्ट गम्प को हिन्दी रिमेक हो । २०२०को  क्रिसमसमा रिलिज हुने भनिएको चलचित्रलाई अद्वैत चन्दनले निर्देशन गरेका छन् । आमिरले २० किलो वजन घटाएका छन् । साथमा उनले लामो दारी पनि पालेका छन् । आफ्नो अघिल्लो चलचित्र असफल भएको र यसमा आफ्नै कमजोरी भएको स्वीकार गर्ने आमिरले चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने बताउँदै आएका छन् ।