बलिउड चलचित्र 'राधे' को क्लाइमेक्स दृश्य खिच्नको लागि बाह्र करोड रुपैयाँ खर्च भएको छ । सलमान खानको प्रतीक्षित यस चलचित्रको २० मिनेटको क्लाईमेक्स सिन खिच्न यती ठुलो रकम खर्च भएको हो । यो दृश्यमा सलमानका साथै रनदीप हुडा हुने बताइएको छ। क्लाइमेक्सको दृश्य 'क्रोमा की' प्रविधिबाट खिचिएको र 'भिएफएक्स' मा डिजाइन हुने भएकाले लागत बढी परेको बलिउड मिडियाले बताइरहेका छन् । क्लाइमेक्स २० मिनेटको दृश्यको खर्चका बारेमा निर्देशक प्रभु देवा र सलमान खानले पहिल्यै छलफल गरेका बताइएको छ।
उनीहरूले भारु सात करोडको अनुमान लगाएका थिए । 'राधे'को फाइनल दृश्य दुबईमा खिचिएको छ । भने बाँकी दिल्ली, कोलकाता, जयपुर, लखनउमा र केही 'एक्सन' दृश्य स्टुडियोमै खिचिएको छ । चलचित्रमा सलमानको साथमा दिशा पटानी, ज्याकी श्रफ र तामिल अभिनेता भरतको मुख्य भूमिका रहने छ ।