बलिउड अभिनेता अक्षय कुमार स्टारर चलचित्र 'अत्रंगीरे' बन्ने भएको छ । यस चलचित्रमा अक्षय कुमारसँगै धनुष र सारा अलि खानको भूमिका रहने भारतीय मिडियाले उल्लेख गरिरहेका छन् । भूषण कुमार र आनन्द एल राईले निर्माण गर्ने चलचित्रलाई भूषण कुमार र आनन्द एल राईले निर्माण गर्ने छन् । २०२० मार्च १ मा रिलिज हुने चलचित्र हिमांशु शर्माले लेखेका हुन् । भर्खर चलचित्रको पोस्टर सार्वजनिक गरिएको छ जसमा अभिनेत्री सारालाई अक्षय कुमार र धनुषले चुम्बन गरेका छन् । पछिल्लो समय बलिउड अभिनेता अक्षय कुमार निकै चर्चामा छन् । उनका एक पछि अर्को चलचित्रले बक्स अफिसमा धमाका मच्चाइरहेका छन् । बलिउडमा उनको डिमाण्ड बढेसँगै अक्षयले आफ्नो पारिश्रमिक पनि बढाएका छन् ।