बलिउड अभिनेता अक्षय कुमारको नयाँ चलचित्र 'बेल बटम' बन्ने भएको छ । अक्षयको यसै चलचित्रबाट अभिनेत्री कृति सेननकी बहिनी नुपुर सेननले डेब्यु गर्ने भएकी छिन् । चलचित्रमा सेननले अक्षय कुमारकी श्रीमतीको भूमिका निर्वाह गर्ने भएकी छिन् । केही समय अघि नुपुरले अक्षय कुमारसँग चर्चित गीत ’फिलहाल’ को भिडियोमा काम गरेकी थिइन् जसलाई निकै निकै मन पराइएको छ । गीत फिलहाको पहिलो संस्करणलाई निकै मन पराइएपछि अक्षय र नुपुर र अक्षयलाई नै फिचर्ड गराइएर दोस्रो संस्करण पनि निर्माण गरिएको बलिउड मिडियाले जनाएका छन् । अक्षय र नुपुरको जोडी उक्त भिडियोमा देखेपछि 'बेल बटम'का निर्माताहरूले नुपुरलाई आफ्नो चलचित्रका लागी अफर गरेका थिए । नुपुर र अक्षयको जोडी अभिनीत यस चलचित्र अप्रिल २, २०२१ मा रिलिज हुनेछ ।