बलिउड चलचित्र ‘अङ्ग्रेजी मिडियम’ को ट्रेलर सार्वजनिक भएको छ । इरफान खान र अभिनेत्री करीना कपूर खानको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर निकै रोचक र रमाइलो छ । चलचित्रका सम्पूर्ण कलाकारलाई स्थान दिइएको ट्रेलर राधिका मदानको स्कुलबाट सुरु भएर लन्डन युनिभर्सिटीमा पुगेर सकिन्छ । चलचित्रमा इरफान, राधिका र करीनाका अलावा दीपक डोबरियाल, डिम्पल कपाडियाको पनि प्रमुख भूमिका रहेको छ । होमी अदजानियाले निर्देशन गरेको चलचित्र २० मार्च २०२० मा प्रदर्शनमा आउनेछ । ट्रेलर मा इफरान राधिका मदानका पिताको भूमिकामा छन् जो आफ्नी छोरीको पढाइ र सफल तामा निकै गर्व गर्छन् । केही समय अघि बिरामी परेर उपचार गराएका इफरानको यस चलचित्रको अघिल्लो पार्टमा पनि उनकै मुख्य भूमिका रहेको थियो ।