चर्चित भारतीय टेलिभिजन रियालिटी सो बिग बोसको १३औँ संस्करणको समापन भएको छ । १३औँ संस्करणको उपाधि सिद्धार्थ शुक्लाले हात पारेका छन् । फाइनलमा ६ जना प्रतिस्पर्धी आसिम रियाज, शहनाज गिल, रश्मि देसाई, आरती सिंह र पारस छाबडालाई उछिनेर उपाधि जितेका हुन् । उनले ५० लाख भारतीय रुपैयाँ र कार उपहार पाएका छन् । फाइनलमा सबैभन्दा पहिले बाहिरिएका छाबडाले १० लाख भारु लिएर आफूलाई विजेता बन्ने होडबाट हटाएका हुन् । सलमान खानले होस्ट गर्दै आइरहेको यो रियालिटी सो विभिन्न कारणले चर्चामा आउने गर्छ ।