बलिउड चलचित्र ‘८३’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । रियल लाईफ जोडी रणवीर सिंह र दीपिका पादुकोण स्टारर चलचित्रको पोस्टरमा दुई निकै आकर्षक र प्रेमिल देखिएका छन् । रणवीरले आफ्नो इन्स्टाग्राममा पोस्टर सार्वजनिक गरेका हुन् । सन् १९८३ को क्रिकेट विश्व कपमा आधारित चलचित्रमा रणवीरले  क्रिकेटर कपिल देवको भूमिका निभाएका छन् । यसै गरी दीपिकाले कपिल देवकी पत्नी रोमी देवको भूमिका निभाएकी छन् । कबिर खान निर्देशित चलचित्रमा कपिल र उनकी पत्नी रोमी भाटियाको प्रेमकथाको साथमा पतिपत्नीको सम्बन्धलाई प्रस्तुत गरिनेछ । रोमी एक सुन्दरी प्रतियोगिताकी ताज विजेता हुन् ।