बलिउड चलचित्र ‘तेजस’बाट अभिनेत्री कङ्गना रनावतको लुक सार्वजनिक भएको छ । सार्वजनिक लुकमा कङ्गना एयर फोर्स पाइलटको भूमिका निभाएको देख्न सकिन्छ । तस्बिरमा उनी सेनाको बर्दीमा देखिएकी छन् । उनले चलचित्रमा आफ्नो भूमिका बारे बोल्दै आफ्नो भूमिका निकै प्रेरणदायिक रहेको बताएकी छिन् । निर्देशक सर्वेश मेवाडा र उनको टिमले निकै रिसर्च गरेर निर्माण गरेको चलचित्र एयर फोर्स पाइलटको कहानी हो । लागि सरकार र एयर फोर्सबाट पनि अनुमति लिइएको बताइएको छ । चलचित्र कुनै पाइलटको बायोपिक नभएर समकालीन घटनामा आधारित कथा बोकेको चलचित्र भएको बताइएको छ । ‘तेजस’ सन् २०२१ अप्रिल देखि प्रदर्शनमा आउनेछ ।