बलिउड अभिनेत्री अनुष्का शर्मा लामो समय पछि चलचित्रमा देखिने भएकी छिन् । पछिल्लो समय चलचित्र 'जिरो' मा देखिएकी उनी विवाह पश्चात् आफ्नो पारिवारिक जीवनमै व्यस्त थिइन् । क्रिकेटर विराट कोहलीसँग विवाह बन्धनमा बाँधिएकी उनी क्रिकेटकै विषयमा बन्ने चलचित्रको तयारीमा जुटेकी छिन् । भारतकी चर्चित क्रिकेटर झुलन गोस्वामीको जीवनीमा निर्माण हुन लागेको बायोपिकमा अनुष्काले क्रिकेटरको भूमिका निर्वाह गर्ने खबर भारतीय मिडियाले सार्वजनिक गरिरहेका छन् । केही समय अघि अनुष्का भारतीय महिला क्रिकेट टिमकी कप्तान झुलनसँग कोलकाताको इडन गार्डेनमा देखिएकी थिइन् । उनी चलचित्रको अनाउन्समेन्ट सुट गर्न त्यहाँ पुगेकी थिइन् । चलचित्रको छिट्टै औपचारिक निर्माण घोषणा गरिने बुझिएको छ ।